काठमाडौं । बजेट सार्बजनिक भएको भोलिपल्ट मंगलबार सेयर बजार ओरालो लागेको छ । सो दिन नेप्से २१ दशमलव १५ अंकले ओरालो लागी १५ सय ९४ दशमलव ४३ अंकमा झरेर बन्द भएको हो ।
मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय २० दशमलव ५ अंकले घटेको छ । त्यस्तै अन्य समुह २६ दशमलव ९,बैंकि« १९ दशमलव ३७,विकास बैंक १६ दशमलव २२,होटल ११ र जलविद्युत समुहको परिसुचक १० दशमलव ४४ अंकले ओरालो लागेको हो ।
यता उत्पादन र फाइनान्स समुहको परिसुचक भने क्रमशः ५ दशमलव १७ र १ दशमलव ५८ अंकले बढेको छ । मंगलबार हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै सो दिन स्ट्याण्डर्ड चाटर्ड बैंकको ४ करोड ८४ लाख बराबरको सेयर कारोबार भएको हो । मंगलबार १ सय ४७ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १२ लाख कित्ता सेयरबाट ७६ करोड ३८ लाखको कारोबार भएको छ ।