Logo

सेयर बजारमा एफएनसिसिआई चुनाव प्रभाव, सवै समुह उकालो लाग्दा ३४ अंकले बढ्यो नेप्से

सेयर बजारमा एफएनसिसिआई चुनाव प्रभाव, सवै समुह उकालो लाग्दा ३४ अंकले बढ्यो नेप्से


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघको चुनावको प्रभाव मंगलवार सेयर बजारमा देखिएको छ । सो दिन नेप्से परिसुचक ३३ दशमलव ९८ अंकले उकालो लागी १७ सय १० दशमलव २० अंकमा पुगेर बन्द भएको छ ।

मंगलवार कारोवारमा आएका सवै समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३ दशमलव ३१ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक ५५ दशमलव ९ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ३७ दशमलव ४२ अंकले उकालो लागेको छ । सो दिन उत्पादन २१ दशमलव ६,जलविद्युत १४ दशमलव ७७,फाइनान्स १३ दशमलव ९८ र अन्य समुह ३ दशमलव ७६ अंकले बढेको छ ।

मंगलवार १ सय ४४ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ३१ लाख कित्ता सेयरबाट १ अर्व ९० करोड बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्