Logo

नेप्से साढे २४अंकले बढ्दा १अर्व ६२ करोडको कारोवार, कसले किन्यो नेपाल बैंकको १३ करोडको सेयर?

नेप्से साढे २४अंकले बढ्दा १अर्व ६२ करोडको कारोवार, कसले किन्यो नेपाल बैंकको १३ करोडको सेयर?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार सेयर बजार २४ दशमलव ६२ अंकले बढ्दा १ अर्व ६२ करोड बराबरको कारोवार भएको छ । सो दिन कारोवारमा आएका १ सय ४४ कम्पनीको २९ लाख कित्ता सेयरबाट सो बराबरको कारोवार भएको हो ।

आज सेयर बजार १६ सय ७६ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएकामध्ये अन्य बाहेक सवै समुह उकालो लागेको छ । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय १ अंकले बढेको छ ।

त्यस्तै होटल ५८ दशमलव २४,विकास बैंक ५१ दशमलव ९२,जलविद्युत ४५ दशमलव ४६ र बैंकिङ सुमह १७ दशमलव ५५ अंकले बढेको छ ।

फाइनान्स समुह ५ दशमलव ४द्ध र उत्पादन ४ दशमलव ५७ अंकले उकालो लागेको छ । यता अन्य समुहको परिसुचक भने १ दशमलव ७४ अंकले घटेको छ । सोमवार नेपाल बैंक लिमिटेडको सवैभन्दा बढी १३ करोड ८१ लाख बराबरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL