Logo

८० प्रतिशत हकप्रद पछि यसरी भयो नेपाल बंगलादेश बैंकको मूल्य समायोजन

८० प्रतिशत हकप्रद पछि यसरी भयो नेपाल बंगलादेश बैंकको मूल्य समायोजन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्ना सेयर धनीलाई ८० प्रतिशत हकप्रद सेयर जारी गरेसँगै मूल्य समायोजन गरेको छ । बैंकले आजैमात्र मूल्य समायोजन गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।

बैंकले प्रतिकित्ता मूल्य ५ सय ७४ लाई आधार मानेर ४ सय ५२ रुपैयाँमा मूल्य समायोजन गरेको हो । चुक्ता पूँजी बृद्धिका लागि बैंकले ८० प्रतिशत हकप्रद जारीको निर्णय गरेको थियो । हिजोसम्म बैंकको सेयर किन्ने उक्त हकप्रदमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL