Logo

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट : ५१२९ जनाले पाए १० कित्ता, तपाईलाई पर्यो ?

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट : ५१२९ जनाले पाए १० कित्ता, तपाईलाई पर्यो ?



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले कम्पनीको एफपीओ आज बिहान बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । यसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता सेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता सेयर बाँडफाँट गरिएको छ ।

कुल आवेदकमध्ये ५ हजार १२९ जनालाई १० कित्ताका दरले ५१ हजार २९० सय कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको १.०५ कित्ता सेयर ३ जना लाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँट गरिएको छ ।

त्यस्तै, बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात भने रित्तो भएको छ । कम्पनीले चैत २१ गतेदेखि चैत २६ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्काशन गरेको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। एफपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइट बाट हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्