काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा वृद्धि आउँदा सबै उपसूचक हरियाली भएको छ । उक्त दिन राप्ती हाइड्रोको सेयर मूल्य सर्वाधिक बढेको छ ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.७४ प्रतिशतले बढेको छ । त्यसैगरी, बुद्ध भुमी नेपाल हाइड्रोपावरको ५.५५ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ५.३३ प्रतिशत, युनायटेड इदी मादी हाइड्रोपावरको ५.१७ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।