काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सकोे आइपीओ आज (चैत ५ गते) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
क्रेष्ट माइक्रोले फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधरण्का लागि निष्कासन गरेको थियो । जसमा १९ लाख ६५ हजार ८ सय ११ वटा आवेदन मार्फत २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर माग भएको थियो ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार जसमध्ये १० हजार १२६ आवेदन रद्य भएको र कुल सदर १९ लाख ५५ हजार ६८५ आवेदकलाई गोलप्रथाबाट उक्त शेयर बाँडफाँड गरिएको हो । जस अनुसार १७ लाख ७१ हजार १८५ जनाको हात खाली भएको छ ।
कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।