काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट आएको छ।
एसियाली शेयर बजारमा पनि गिरावट आएको छ । यसको कारण प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति रहेको विश्लेषण गरिएको छ ।
सम्भावित आर्थिक मन्दीको चिन्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको आसयको अभिव्यक्ति दिएपछि विश्वको शेयर बजारमा उच्च गिरावट देखिएको हो ।
यद्यपि ट्रम्पले अर्थतन्त्रको बारेमा कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन् भने उनका शीर्ष अधिकारीहरू र सल्लाहकारहरूले लगानीकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् ।
मंगलबार शेयर बजार खुल्दा जापानको निक्केई २२५ १.७ प्रतिशतले घटेको थियो। दक्षिण कोरियाको स्टक इन्डेक्स कोस्पी १.५ प्रतिशतले र हङकङको ह्याङसेङ इन्डेक्स ०.७ प्रतिशतले घटेको छ।