Logo

साढे ३ अंकले घट्यो नेप्से, कारोवार रकम ३५ करोडमा सिमित

साढे ३ अंकले घट्यो नेप्से, कारोवार रकम ३५ करोडमा सिमित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ३ दशमलव ६८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ५४ दशमलव १४ अंकमा झरेर बन्द भएको हो ।

बिहीवार कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ३४, होटल १५ दशमलव ८६,विकास बैंक ४ दशमलव ८३ र जलविद्युत समुह ४ दशमलव २९ अंकले ओरालो लागेको छ ।

सो दिन सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह २ दशमलव ३१ अंकले घटेको छ । त्यस्तै फाइनान्स र अन्य समुह क्रमशः१ दशमलव ६ र ० दशमलव ८७ अंकले ओरालो लागेको हो ।

बिहीवार १ सय २८ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १२ लाख कित्ता सेयरबाट ३५ करोड ५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्