Logo

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम भाउ ४४५ रुपैयाँ

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम भाउ ४४५ रुपैयाँ



काठमाडौं । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

यसको प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४४५ रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्