Logo

टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक



काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतापत्रमा टाइम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।


गण्डकी प्रदेशको नवलपुर जिल्ला, गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लुएचओ जीएमपी प्रमाणित औषधि उत्पादक कम्पनी हो । जसको स्थापना १९९५ को अक्टोबरमा भएको थियो । टाइमले उच्च मुल्यको ठोस, अर्ध ठोस र तरल उत्पादनहरुको विविध पोर्टफोलियो विकास गरेको कम्पनीले जनाएको छ ।


स्थापना भएको २ वर्षपछि अर्थात् सन् १९९७ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ सुरु गरी स्थापनाको २८ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका २०० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्