Logo

सानिमा रिलायन्सको लाभांश घोषणा, साधारण सभाले स्वीकृत गरेपछि वितरण हुने

सानिमा रिलायन्सको लाभांश घोषणा, साधारण सभाले स्वीकृत गरेपछि वितरण हुने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सस्योरेन्सले लाभांश वितरण गर्ने भएको छ ।

यस कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद घोषणा गरेको हो ।

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । गत वर्ष कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्