Logo

३० अंकले उकालो लाग्यो नेप्से, कारोवार ५४ करोड ४४ लाखमा सिमित

३० अंकले उकालो लाग्यो नेप्से, कारोवार ५४ करोड ४४ लाखमा सिमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ३० दशमलव १९ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ४३ दशमलव ३४ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार कारोबारमा आएका मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय ९२ दशमलव १९ अंकले उकालो लागेको छ । त्यस्तै होटल समुह ५५ दशमलव ६७,बैंकिङ २७ दशमलव ६७ र फाइनान्स समुह २३ दशमलव १४ अंकले उकालो लागेको छ ।

त्यसैगरी विकास बैंक २२ दशमलव८७,जलविद्युत १९ दशमलव ७६ अंकले उकालो लागेको छ । बिहीवार १ सय २६ कम्पनी कारोवारमा आएका थिए ।
ती कम्पनीको १० लाख कित्ता सेयरबाट ५४ करोड ४४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्