Logo

पिज्जा कम्पनीले कोकाकोलाको सेयर किन्ने, २ खर्ब रुपैयाँमा सम्झौता

पिज्जा कम्पनीले कोकाकोलाको सेयर किन्ने, २ खर्ब रुपैयाँमा सम्झौता



काठमाडौं । पिज्जा चेनदेखि औषधिसम्मको व्यापारमा सक्रिय जुबिलेन्ट समूह कोका–कोलाको भारतीय इकाईमा ४०% सेयर खरिद गर्न तयार भएको छ । यसको सम्झौता मूल्य करीब १ अर्ब ४५ करोड डलर (करीब २ खर्ब नेपाली रुपैयाँ ) हुने बताइएको छ ।

सम्झौतालाई अन्तिम रूप दिन जुबिलेन्टले म्युचुअल फण्ड, उच्च नेट–वर्थ भएका व्यक्तिहरू र खुद्रा लगानीकर्ताहरूबाट पैसा उठाउने योजना बनाएको छ । मनीकन्ट्रोलको प्रतिवेदनअनुसार हालै जुबिलेन्ट ग्रुपको प्रर्वद्धक भरतीय परिवारले जुबिलेन्ट बेभरेज लिमिटेडमार्फत यो सेयर खरिद गर्ने जानकारी दिएको छ ।

हिन्दुस्तान कोका–कोला होल्डिङ्स (एचसिसिएच) हिन्दुस्तान कोका–कोला बेभरेज प्रालिको मूल कम्पनी हो र भारतको सबैभन्दा ठूलो कोका–कोला बोटलर हो । जुबिलेन्टले अमेरिकास्थित गोल्डम्यान साक्सबाट लगभग १ अर्ब ४५ करोड डलर ऋण लिमिट प्राप्त गरिसकेको छ । समूहले आर्थिक दबाब कम गर्न घरेलु बजारबाट थप रकम जुटाउने योजना बनाएको छ ।

गोल्डम्यान साक्सले यो सम्झौतालाई अन्डरराइट गर्न प्रस्ताव गरेको छ । यद्यपि, सम्झौताले जुबिलेन्ट प्रर्वद्धकलाई अन्य कोषका स्रोतहरू अन्वेषण गर्न अनुमति दिन्छ । जुबिलेन्टले घरेलु ऋणदाता, म्युचुअल फण्ड, एचएनआई र पारिवारिक कार्यालयहरु मार्फत ऋण र इक्विटीको मिश्रण मार्फत ८० अर्ब रुपैयाँसम्म रकम उठाउने योजना बनाएको छ ।

भारतीय बजारमा उठाइएको कुनै पनि कोषले गोल्डम्यान साक्सबाट लिइएको ऋणको मात्रा घटाउनेछ । भारतको उपभोक्ता बजारमा आफ्नो व्यवसाय विस्तार गर्ने रणनीतिअनुरूप जुबिलेन्ट समूहका लागि यो सम्झौता निकै महत्वपूर्ण मानिएको छ । यो सम्झौताले कोका–कोलाको सबैभन्दा ठूलो विश्वव्यापी बजारमा जुबिलेन्टलाई प्रमुख खेलाडीको रूपमा स्थापित गर्नेछ । जुबिलेन्ट समूहअन्तगर्तको जुबिलेन्ट फुडवक्सले भारतीय बजारमा लोकप्रिय डोमिनोज पिज्जाको चेन सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्