काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो । उक्त बोनस शेयरमा लाग्ने कर रकम भने शेयरधनी आफैंले तिर्नु पर्ने कम्पनीले जनाएको छ ।
लाभांश प्रस्ताव नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।