Logo

समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर दिने

समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि समता घरेलुले आर्थिक वर्ष २०७९–८० मा ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्