Logo

जस्मिन पेन्ट्स लिमिटेडको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

जस्मिन पेन्ट्स लिमिटेडको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त



काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००/– दरका ५,००,००० कित्ताले हुन आउने रकम रु.५,००,००,०००/– (अक्षरुपी पाँच करोड मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This