काठमाडौँ। सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ३ पुसमा बसेको २२९औँ बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो ।
कम्पनीका अनुसार गत सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबर बोनस सेयर दिइने छ ।
त्यसैगरी चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ बराबर करसहित नगद लाभांश वितरण गरिने छ । कम्पनीको छैटौँ वार्षिक साधारण सभा २६ पुसमा भैरहवामा हुनेछ भने १२ पुस एक दिन सेयरधनी दर्ता किताब बन्द गरिने छ ।