Logo

सेयर बजारमा पहिरो, ५० वर्षमा सबैभन्दा लामो गिरावटको बन्यो रेकर्ड

सेयर बजारमा पहिरो, ५० वर्षमा सबैभन्दा लामो गिरावटको बन्यो रेकर्ड



काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नीति ब्याज दर ०.२५ % ले घटाएको छ र थप कटौतीमा सुस्त गतिको संकेत गरेको छ । यसले अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिकी केन्द्रीय बैंकले लगातार तेस्रोपटक ब्याजदर घटाएको हो । बैंकले हालैका सूचकहरूले आर्थिक गतिविधि ठोस गतिमा बढिरहेको देखाएको तर, मुद्रास्फीति केही हदसम्म माथि रहेको स्वीकार गरेको छ । तर फेडरल रिजर्भले चार पटकको तुलनामा अर्को वर्ष मात्र दुई पटक ०.२५% कटौती गर्ने संकेत गरेको छ ।

यसले अमेरिकी स्टक बजारमा ठूलो गिरावट ल्यायो तर यूएस ट्रेजरीहरू भने बढेको छ । अमेरिकामा आगामी केही वर्षसम्म ब्याजदर उच्च स्तरमा रहने ट्रेडरहरूले बताएका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति घटेको त,र यो अझै पनि २% को लक्ष्यभन्दा माथि रहेको बताएका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति हुनु अघि फेडरल रिजर्भको नीति दरमा यो अन्तिम बैठक थियो । ट्रम्पले ट्यारिफ बढाउने र देशमा अवैध रूपमा बस्ने लाखौं कामदारहरूलाई निष्कासन गर्ने कुरा गरेका छन् ।

फेडको घोषणापछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । ब्लू चिप सूचकांकका रुपमा रहेका डाउ जोन्स (औद्योगिक औसत) ११०० अंक भन्दा बढीले घटेको छ र परिसूचक लगातार दशौं दिन ओरालो लागेको छ । सन् १९७४ पछि यति धेरै दिनसम्म परिसूचक घटेको यो पहिलोपटक हो । यो ११२३ अंक वा २.६ प्रतिशत घटेर बन्द भयो । यसअघि सन् १९७४ सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्म लगातार ११ दिन घटेको थियो । एसएण्ड पी५०० ३% र नास्दाक कम्पोजिट सूचकांक पनि ३.६% प्रतिशतले घटेको छ ।

भारतमा पनि प्रभाव

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले अर्को वर्ष ब्याजदर कटौतीको गतिलाई सुस्त बनाउने संकेत गरेसँगै भारतीय सेयर बजारमा पनि प्रभाव देखिएको छ । यसले अमेरिकी बजारमा ठूलो गिरावट ल्याएको छ भने यसको प्रभाव बिहीबार भारतीय बजारमा पनि देखिएको छ । बिहीभारतको सेयर बजार सूकांकाक बीएसई सेन्सेक्स झन्डै एक हजार अंकको गिरावटसँगै खुल्यो भने निफ्टी पनि २४ हजार अंकभन्दा तल झरेको छ । यस्तै सेयर बजारका सबै समूहमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्