Logo

बुटवल पावर कम्पनीको लाभांश घोषणा, साधारण सभा आह्वान

बुटवल पावर कम्पनीको लाभांश घोषणा, साधारण सभा आह्वान



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बिहान ११ बजे कार्की ब्याङक्वेट ,बबरमहलमा डाकेको छ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्