Logo

हिमालयन डिष्टिलरीले २० प्रतिशत लाभांश दिने, साधारण सभा आह्वान

हिमालयन डिष्टिलरीले २० प्रतिशत लाभांश दिने, साधारण सभा आह्वान



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश प्रस्तावसँगै वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते २४औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सुरु हुने जानकारी कम्पनीले दिएको छ ।

गत वर्षको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्