Logo

सिद्वार्थ बैंकले चार प्रतिशत लाभांश दिने, एनएमबि बैंकका सेयरधनीको हात खाली

सिद्वार्थ बैंकले चार प्रतिशत लाभांश दिने, एनएमबि बैंकका सेयरधनीको हात खाली



काठमाडौं । सिद्वार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागिसमेत) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

एनएमबिले लाभांश वितरण नगर्ने

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै, बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्