Logo

माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयर घोषणा, साधारण सभा आह्वान

माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयर घोषणा, साधारण सभा आह्वान



काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।साथै, बैठकले पुस २८ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले वार्षिक साधारण सभा प्रयोजनको लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्