Logo

बियरिस ट्रेण्ड समाउँदै नेप्से, कारोवार र परिसुचक दुवै ओरालो

बियरिस ट्रेण्ड समाउँदै नेप्से, कारोवार र परिसुचक दुवै ओरालो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेप्से परिसुचक लगातार ओरालो लाग्ने क्रम सोमवार पनि जारी रहेको छ । सो दिन १३ दशमव ३७ अंकले घटेको बजार १ हजार ५ सय ९ मा झरेर बन्द भएको छ । सोमवार कारोवारमा आएका अधिकांश समुह ओरालो लागेको छ ।

सो दिन बीमा समुह सवैभन्दा बढी ६७ दशमलव ६४ अंकले घटेको छ । त्यस्तै उत्पादन १७ दशमलव २७, बैंकिङ १६ दशमलव ६२, विकास बैंक १२ दशमलव ६३ अंकले घटेको छ ।

त्यसैगरी जलविद्युत र फाइनान्स समुह क्रमशः ४ दशमलव १७ र २ दशमलव ३१ अंकले ओरालो लागेको छ । यता अन्य र होटल भने २ दशमलव ०३ र ० दशमलव ०१अंकले उकालो लागेको छ ।

सोमवार १ सय ३७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ५४ करोड ८३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्