काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै, बैठकले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश र हकप्रद प्रस्तावसहित पुस १२ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा आम्रापाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे डाकेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।