Logo

अधिकांश समुह ओरालो लाग्दा करिव २२ अंकले घट्यो नेप्से, ४० करोडमा खुम्चियो कारोवार

अधिकांश समुह ओरालो लाग्दा करिव २२ अंकले घट्यो नेप्से, ४० करोडमा खुम्चियो कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अधिकांश समुह ओरालो लाग्दा साताको पहिलो दिन आइतवार सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सो दिन बजार खुलेदेखि ओरालो लागेको नेप्से २१ दशमलव ८८ अंकले घटेको हो ।

सेयर बजार १ हजार ५ सय २२ दशमलव ८० अंकमा झरेर बन्द भएको छ ।

आइतवार धेरै अंकले ओरालो लाग्नेमा वीमा समुह,जलविद्युत र होटल समूह् रहेका छन् । यी समुहको परिसुचक क्रमशः १ सय ४७,७३ दशमलव ६ र ६९ दशमलव १३ अंकले ओरालो लागेका छन् ।

त्यस्तै विकाश बैंक २३ दशमलव ९८,बैंकिङ १८ दशमलव २९, फाइनान्स ११ दशमलव ८४ र अन्य समुह २ दशमलव ६१ अंकले घटेको छ । यता उत्पादन समुह भने ११ दशमलव ७ अंकले उकालो लागेको छ ।

१ सय ४१ ओटा कम्पनी कारोवारमा आएका थिए । ६ लाख ९३ हजार कित्ता सेयरबाट ४० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्