काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले ट्रम्पको पक्षमा प्रचारप्रसार गरेका थिए । उनले ट्रम्प क्याम्पलाई ११ करोड ९० लाख डलर पनि दिएका थिए । बुधबार अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउने बित्तिकै मस्कको कम्पनी टेस्लाको शेयर १४.७५ प्रतिशतले बढेको थियो । यसले मस्कको कुल सम्पत्ति २६.५ बिलियन डलरले बढ्यो । अर्थात् मस्कले एकै दिनमा आफ्नो लगानीको २२ हजार ५४४ प्रतिशत प्रतिफल पाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति अहिले २९० अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६१.३ अर्ब डलरले बढेको छ ।
मस्कसँग टेस्लाको ४११ मिलियन सेयर छ । बुधबार कम्पनीको शेयर १४.७५% ले बढेर २८८.५३ डलर मा बन्द भयो । योसँगै शेयरमूल्य दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । टेस्ला ९२६.१९ बिलियन डलरको बजार पुँजीको साथ विश्वको १० औं सबैभन्दा मूल्यवान कम्पनी हो । मस्कले ट्रम्पको ¥यालीमा जसरी प्रचार गरे, त्यसले उनलाई सरकारमा पनि स्थान दिन सक्ने अनुमान गरिएको छ । उनलाई अर्थमन्त्री बनाइने अनुमान पनि छ । एक ¥यालीमा उनले अमेरिकी बजेटमा दुई ट्रिलियन डलर बचत गर्न सक्ने बताएका थिए ।
सेयर बजारमा आएको पछिल्लो उथलपुथलसँगै अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ पनि बुधबार ७.१४ बिलियन डलरले बढेको छ । उनी २२८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग (२०२ बिलियन डलर) तेस्रो स्थानमा, ल्यारी एलिसन (१९३ बिलियन डलर) चौथो स्थानमा र बर्नार्ड अर्नाल्ट (१७३ बिलियन डलर) पाँचौं स्थानमा छन् । यो सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१५९ बिलियन डलर) छैटौं, ल्यारी पेज (१५८ बिलियन डलर) सातौं, सर्गे ब्रिन (१४९ बिलियन डलर) आठौं, वारेन बफे (१४८ बिलियन डलर) नवौं र स्टिभ बाल्मर (१४६ बिलियन डलर) दशौं नम्बरमा छन् ।
यस्तै एसियाका पमुख धनी मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ पनि बुधबार बढेको छ । रिलायन्सका अध्यक्षको कुल सम्पत्ति १.३० बिलियन डलरले बढ्यो र उनी फेरि १०० बिलियन डलरको क्लबमा सामेल भए । अदानी समूहका अध्यक्षको कुल सम्पत्ति ३ अर्ब ६२ करोड डलरले बढेर ९७.२ अर्ब डलर पुगेको छ । विश्वका धनीहरुको सूचीमा अम्बानी १७ औँ र अदानी १८ औँ स्थानमा छन् । दुवैको नेटवर्थमा अहिले तीन अर्ब डलरभन्दा कमको अन्तर बाँकी छ । यस वर्ष अम्बानीको कुल सम्पत्ति ४.०१ बिलियन डलरले बढेको छ भने अडानीले १२.९ बिलियन डलर कमाएको छ । एशियाली धनीहरूको सूचीमा अम्बानी पहिलो र अदानी दोस्रो स्थानमा छन् । अनुवाद गरिएको