काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद गरि कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।