Logo

समता घरेलु लघुवित्तको एफपीओ भोलिदेखि खुल्दै, यसरी गर्न सकिन्छ आवेदन

समता घरेलु लघुवित्तको एफपीओ भोलिदेखि खुल्दै, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयर’ सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।

कम्पनीको हकप्रदमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म खुला गरिने कम्पनीले बताएको छ । आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्