Logo

विश्व सेयर बजारमा ‘अप-डाउन’ : मस्कको नेटवर्थ बढेर २७७ अर्ब डलर पुग्यो, अडानीलाई सबैभन्दा बढी घाटा

विश्व सेयर बजारमा ‘अप-डाउन’ : मस्कको नेटवर्थ बढेर २७७ अर्ब डलर पुग्यो, अडानीलाई सबैभन्दा बढी घाटा



काठमाडौं । सेयर बजारको उतारचढावले विश्वका धनीहरुको कुल सम्पत्तिमा सधै प्रभाव पर्ने गर्छन । हरेक दिन सेयर कारोबारको समयमा उनीहरुको सम्पत्ति बढने र घटने हुन्छ । जसका कारण कनीको सूची नै तलमाथि हुनेगर्छ । पछिल्लो समय सेयर बजारमा आइरहेको अपडाउनका कारण पनि धनीहरुको सूचीमा ठूलो परिवर्तन हुने गरेको छ ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार शुक्रबारको सेयर कारोबारपछि विश्वकै सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका एलन मस्कको कुल नेटवर्थ २७७ अर्ब डलर पुगेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा पहिलो स्थानमै छन् । शुक्रबार, उनको कुल सम्पत्ति ६.२६ बिलियन डलरले बढ्यो । यसअघि बिहीबार उनको कुल सम्पत्ति ३३.५ अर्ब डलरले बढेको थियो । जसका कारण उनको दोश्रो स्थानमा रहेका जेफ बेजोससँगको सम्पत्तिको दूरी थप फराकिलो बनेको छ ,

अमेजनका संस्थापक जेफ बेजोस यस सूचीमा २११ बिलियन डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग (२०३ बिलियन डलर) तेस्रो स्थानमा, ल्यारी एलिसन (१८६ बिलियन डलर) चौथो स्थानमा र फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट (१८१ बिलियन डलर) पाँचौं स्थानमा छन् । यो वर्ष एनभिडियाका सबैभन्दा बढी कमाउने सीईओ जेन्सेन हुआङ यस सूचीमा ११ नम्बरमा छन् । उनको कुल सम्पत्ति १२४ अर्ब डलर पुगेको छ ।

अर्कोतर्फ भारतीय सेयर बजारमा शुक्रबार ठूलो गिरावट आयो । जसका कारण भारतको तेस्रो ठूलो औद्योगिक घराना अदानी समूहका अध्यक्ष गौतम अडानीलाई ३ अर्ब ५२ करोड डलर अर्थात् नोक्सान भएको छ । साताको अन्तिम दिन सबैभन्दा बढी नेटवर्थ गुमाउने अर्बपति अडानी थिए । अडानीको कुल सम्पत्ति अहिले ९० अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा १८ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ५.६८ बिलियन डलरले बढेको छ ।

यसैबीच भारतकै सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिने खतरा बढेको छ । साताको अन्तिम कारोबार दिन रिलायन्सको सेयर ०.९१ प्रतिशतले घटेर २६५५.४५ रुपैयाँमा बन्द भयो । जसका कारण मुकेश अम्बानीको कुल सम्पत्ति ९७७ मिलियन डलरले घट्यो । १०० बिलियन डलरको नेटवर्थको साथ, उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १७ औं स्थानमा छन् र एशियाली धनी व्यक्तिहरूमध्ये पहिलो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ३ अर्ब ९२ करोड डलरले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्