Logo

निफ्राले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

निफ्राले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल



काठमाडौँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)’ नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्वीकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्