Logo

सेयर बजार घट्दा विश्वका शीर्ष धनीमध्ये १६ जनाको नेटवर्थ घट्यो, मस्कलाई सबैभन्दा ठूलो झट्का

सेयर बजार घट्दा विश्वका शीर्ष धनीमध्ये १६ जनाको नेटवर्थ घट्यो, मस्कलाई सबैभन्दा ठूलो झट्का



काठमाडौं । सेयर बजारमा गिरावट आएसँगै विश्वका शीर्षमध्ये १६ जनाको नेटवर्थ घटेको छ । सोमबार भारतीय सेयर बजारमा लगातार छैटौं कारेबार दिन गिरावट आएको थियो भने अमेरिकी शेयर बजारमा पनि गिरावट रह्यो । यसले विश्वको शीर्ष २० मध्ये १६ को नेटवर्थमा गिरावट ल्यायो । जसमा श्विका सबैभन्दा धनी एलन मस्कले सबैभन्दा बढी गुमाए । विश्वका सबैभन्दा धनी मस्कको कुल सम्पत्ति सोमबार ६.६१ अर्ब डलरले घटेको छ ।

अमेजनका संस्थापक जेफ बेजोसले ५ अर्ब १२ करोड डलर गुमाएका छन् भने गौतम अडानीले ३ अर्ब २६ करोड डलर नोक्सानी बेहोरे । एसिया र भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कुल सम्पत्ति १.१६ अर्ब डलरले घटेको छ । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार अडानी ९६.२ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १८ औं स्थानमा छ । यो वर्ष उनको कुल सम्पत्ति ११.९ बिलियन डलरले बढेको छ ।

यस सूचीमा मुकेश अम्बानी १४ नम्बरमा रहेका छन् । यो वर्ष उनको कुल सम्पत्ति १०४ अर्ब डलरले बढेको छ । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजको शेयर सोमबार १.१८ प्रतिशतले घटेको छ । सोमबार सेन्सेक्स ६३८ अंकको गिरावटसँगै बन्द भयो । भारतीय सेयर बजार लगातार छ दिनसम्म घटेको छ र यस अवधिमा लगानीकर्ताहरूले करिब २० लाख करोड भारतीय रुपैयाँ घाटा बेहोरेका छन् ।

को को छन् शीर्षमा ?

मस्क २५६ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा छन् । फेसबुकका मार्क जुकरबर्ग २०७ बिलियन डलरको साथ दोस्रो र जेफ बेजोस २०४ बिलियन डलरको साथ तेस्रो स्थानमा छन् । फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट (१९७ अर्ब डलर) चौथो, ल्यारी एलिसन (१८१ अर्ब डलर) पाँचौं, बिल गेट्स (१६० अर्ब डलर) छैटौं, ल्यारी पेज (१४८ अर्ब डलर) सातौं, वारेन बफेट (१४३ अर्ब डलर) आठौं, स्टिभ बाल्मर (१४२ अर्ब डलर) छन् । नवौं स्थानमा र सर्गेई ब्रिन (१३९ बिलियन डलर) दशौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्