Logo

पौने घण्टामा सर्किट ब्रेक लागेको नेप्से साढे ६४ अंकले ओरालो, कारोवार थेग्दै एभरेष्ट बैंक

पौने घण्टामा सर्किट ब्रेक लागेको नेप्से साढे ६४ अंकले ओरालो, कारोवार थेग्दै एभरेष्ट बैंक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार बजार खुलेसँगै सर्किट व्रेक लागेको नेप्से ६४ दशमलव ५५ अंकले ओरालो लागेको छ । पौने घण्टा सर्किट ब्रेक लागेको बजार १ हजार ४ सय ६९ दशमलव ४८ अंकमा झरेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका सवै समूह ओरालो लागेको छ । सो दिन बीमा समूह सवैभन्दा बढी ५ सय ६२ दशमलव ९४ अंकले घटेको छ । त्यस्तै होटल १ सय ४६,जलविद्युत १ सय ४ दशमलव २९,विकास बैंक ६५ दशमलव ७७ र सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहने बैंक समूह ५२ दशमलव ५४ अंकले घटेको छ ।

त्यस्तै फाइनान्स र अन्य समुह क्रमशः २६ दशमलव ७ र १९ अंकले ओरालो लागेको छ । आइतवार एभरेष्ट बैंकको कारोवार ११ करोड १२ लाखको भएको छ । सो दिन १ सय २८ कम्पनी कारोवारमा आएका थिए ।

ती कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयरबाट ९५ करोड ६० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्