Logo

हुलास फिनसर्भले आइपीओ विक्रि गर्ने, विक्रि प्रबन्धकमा एनएमबि क्यापिटल

हुलास फिनसर्भले आइपीओ विक्रि गर्ने, विक्रि प्रबन्धकमा एनएमबि क्यापिटल



काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण शेयर निष्काशन गर्नेसम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइतबार हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष गोल्छाले बताए । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्