Logo

ठमेल प्लाजा होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

ठमेल प्लाजा होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ



काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलर र ठमेल प्लाजाहोटल एण्ड सुइटसका तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

ठमेल प्लाजा होटल एण्ड सुइटस् कामपा वडा नं. १६, ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ४ तारा स्तरको होटल ‘रमदा इन्कोर काठमाण्डौ ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । यस होटलले हाल ९० वटा कोठा मार्फत आन्तरिक तथा बाह्य पर्यटक÷अतिथिहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL