Logo

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL