Logo

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा नेपाल एसबिआई र नबिल ईन्भेष्टमेन्ट

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा नेपाल एसबिआई र नबिल ईन्भेष्टमेन्ट



काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले उक्त कार्यका लागि सेयरको खरिद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङलाई संयुक्त रुपमा नियुक्त गरेको छ ।

कम्पनीले २२ लाख ५ हजार कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल २२ करोड ५० लाख रुपैयाँको खरिद प्रत्याभुति सेवाको लागि नियुक्त गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र नबिल ईन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रुपमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्काशन गर्नेछ ।

२०७९ पुस १२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको उक्त कम्पनीले सोही वर्षको चैत २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालको अनुमति पाएको हो । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL