Logo

रिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार

रिलायन्सका ३६ लाख लगानीकर्तालाई प्रत्येक सेयरमा १ बोनस सेयर, भारतीय सेयर बजारको इतिहासकै ठूलो उपहार



काठमाडौं । एसियाकै सधैभन्दा धनी मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजले आफ्ना लगानीकर्ताहरूलाई एक शेयरमा एक बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले सो प्रस्तावलाई स्वीकृति पनि दिएको छ ।

रिलायन्स इन्डष्ट्रिजले यसअघि सन् १९८०, १९८३, १९९७, २००९ र २०१७ मा बोनस सेयर जारी गरेको थियो । कम्पनीले सात वर्षपछि पुनः लगानीकर्तालाई बोनस उपहार दिने भएको छ । तर कम्पनीले यसको इस्यु मिति छुट्टै जानकारी गराइने बताएको छ ।

रिलायन्सले २१ जुलाई २०१७ मा बोनस जारी गरेको थियो र यसको इस्यु मिति सेप्टेम्बर ९ थियो । यसअघि सन् २००९ मा कम्पनीले ७ अक्टोबरमा निष्काशन घोषणा गरेको थियो र यसको रेकर्ड मिति नोभेम्बर २७ थियो । सन् १९९७ को अंकको कुरा गर्दा सेप्टेम्बर १३ मा घोषणा गरिएको थियो र यसको इस्यु मिति नोभेम्बर २९ थियो । यसबाट स्पष्ट हुन्छ कि कम्पनीको घोषणा र इस्यु मितिबीच सामान्यतया ४०–५० दिनको अन्तर हुन्छ । यदि यो ढाँचा जारी रह्यो भने, २०२४ को बोनस जारीको इस्यु मिति अक्टोबर २० पछि हुन सक्ने बताइएको छ ।

रिलायन्सको भदौ २९ गते सम्पन्न ४७ औँ वार्षिक साधारणसभाले बोनस सेयर घोषणा गरेको हो । बोर्डले भदौ ५ गते स्वीकृत गरेको थियो । भारतीय शेयर बजारको इतिहासमा कुनै कम्पनीले आफ्ना लगानीकर्तालाई दिएको यो सबैभन्दा ठूलो उपहार हो । यो भारतीय इक्विटी बजारमा बोनस इक्विटी शेयरको अहिलेसम्मकै सबैभन्दा ठूलो इस्यू हुने छ । कम्पनीले एक्सचेन्ज फाइलिङमा भनेको छ–‘बोनस शेयर निष्कासन र सूचीकरण देशमा चाडपर्वको मौसमसँगै हुनेछ र हाम्रा शेयरधनीहरुलाई दिपावलीको उपहार हुनेछ ।’ शुक्रबार, रिलायन्स इन्डस्ट्रिजको शेयर बीएसईमा लगभग ३% घटेर रु २९२९.८५ मा बन्द भएको थियो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL