Logo

मिरा बायोटेकले आईपिओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता

मिरा बायोटेकले आईपिओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता



काठमाडौं । दक्षिण कोरियाको बिश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजीबृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरीसम्बन्धी सम्झौता गरेको छ ।

यससम्बन्धि सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहबिच हस्ताक्षर भयो । दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पव्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत शेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।

नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरु र फर्मा बैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्टियस्तरको क्रोनिक सेगमेन्टका औषधीहरु उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधी उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सिईओ सुशिल पौडेलले जानकारी दिए । हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी बृद्धि गर्दैछ । पुँजीबृद्धिपछी यस कम्पनीले आईपिओ निष्काशन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको हो ।

एलिट क्यापिटलले एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुंजीबृद्धी र व्यवशायीक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । मिरा बायोटेकलाई पनि आईपिओ निष्काशन अगाडी पुँजीबृद्धि, ब्राण्डिङ र बजारीकरणका लागि वित्तिय व्यवस्थापकिय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

भक्तपुरका चागुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ । यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ । ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लुएचओ जीएमपी( प्लान्ट डिजाइन, उत्पादन, र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । इयूबी सँगको आबद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ । नेपालको औषधी उद्योगमा विशेष पहिचान बोकेको यस कम्पनीले कोरियन कम्पनीसँगको साझोदारीमा अफ्रीकन मुलुकहरुमा समेत औषधी निर्यातको प्रयास गरिरहेको छ । यस कम्पनीमा प्राईभेट ईक्विटी संस्था विजनेस अक्सिजनले समेत ठुलो लगानी गरिसकेको छ । हालसम्म नेपालको सेयर बजारमा औषधीजन्य उद्योग एउटा पनि सुचिकृत छैन । दुईवटा फर्मास्यूटिकल्स कम्पनीहरु आईपिओ प्रक्रियामा रहेका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL