Logo

४ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, ८० करोड ९८ लाखको कारोवार

४ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, ८० करोड ९८ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ३७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय दशमलव ९१ अंकमा झरेर बन्द भएको छ ।

कारोवारमा आएका अधिकांश समुह ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । मंगलवार होटल र जलविद्युत समूह सवैभन्दा बढी ३३ दशमलव २ र ३० दशमलव ५४ अंकले ओरालो लागेका छन् । त्यस्तै वीमा २३, बैंकिङ समुह ६ दशमलव ८९ र फाइनान्स समूह १ दशमलव १२ अंकले ओरालो लागेको छ ।

यता अन्य,उत्पादन र विकास बैंक भने क्रमशः ८ दशमलव ९६,३ दशमलव ९९ र १ दशमलव ९१ अंकले उकालो लागेको छ । मंगलवार एभरेष्ट बैंकको १७ करोड ३४ लाखको सेयर किनबेच भएको छ ।

सो दिन १ सय ३९ कम्पनी कारोवारमा आएका छन् । ती कम्पनीको ९ लाख ४६ हजार कित्ता सेयरबाट ८० करोड ९८ लाखको कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस्