Logo

पहिलो कारोबार दिनमै ८० अंकले घट्यो नेप्से, १८४ कम्पनीको सेयरमूल्यमा गिरावट

पहिलो कारोबार दिनमै ८० अंकले घट्यो नेप्से, १८४ कम्पनीको सेयरमूल्यमा गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झण्डै ८० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा ७९.८८ अंकले घट्दै २८ सय ९४ को विन्दुमा झरेर बन्द भएको हाे ।

आज कारोबार अवधिभर ३ सय ३३ कम्पनीका ४ करोड २६ लाख ८६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ७४ करोड ५ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ८४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने ६० कम्पनीको सेयरमूल्य मात्रै बढेको छ ।

आज कारोबारमा आएकामध्ये लघुवित्त बाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्