Logo

सामान्य उकालो लाग्यो सेयर बजार, ७० करोड ८० लाखको कारोवार

सामान्य उकालो लाग्यो सेयर बजार, ७० करोड ८० लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन आज सामान्य उकालो लागेको छ । सो दिन नेप्से ० दशमलव३१ अंकले बढ्दा सेयर बजार १ हजार ६ सय९७ दशमलव १७ अंमा पुगेर बन्द भएको हो ।

बिहीवार होटल, अन्य तथा वैंकिङ समुहको परिसुचक बढेको छ । जसमध्य होटल ३१, अन्य ८ दशमलव ३९ र बैंकिङ समुह २ दशमलव २२ अंकले बढेको हो ।

यता वीमा,विकास बैंक,फाइनान्स र जलविद्युत समुहको परिसुचक भने क्रमशः ३६ दशमलव ४२,९ दशमलव ८८,५ दशमलव ७६ र ० दशमलव २८ अंकले ओरालो लागेको हो ।

सो दिन १ सय २९ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ७० करोड ८० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्