Logo

सिईडिबि हाइड्रोपावरको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

सिईडिबि हाइड्रोपावरको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट



काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सिएचडिसी) को खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

कम्पनीको आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र कमिशन आम्दानी १९.०४ प्रतिशत घटेको छ। तर, कम्पनीको प्रशासनिक खर्च र कुल खर्च क्रमशः १२४.२४ प्रतिशत र ११९.२० प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीकोप्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा घटेर ८ रुपैयाँ ८० पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात १३१.६६ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL