Logo

सिटि होटलको आम्दानी बढ्यो, प्रतिसेयर आम्दानीमा ४ रुपैयाँले सुधार

सिटि होटलको आम्दानी बढ्यो, प्रतिसेयर आम्दानीमा ४ रुपैयाँले सुधार



काठमाडौं । सिटि होटल लिमिटेडको नोक्सानी घटेको छ । कम्पनीले जारी गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण होटलको नोक्सानी घटेको छ। अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको यस होटल, गत आर्थिक वर्ष २० करोड ४७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

विवरण अनुसार होटलको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलले ५० करोड ४२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष होटलको सञ्चालन आम्दानी ४७ करोड ३१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेको छ। त्यस्तै, होटलको कुल खर्च २.८१ प्रतिशत बढेको छ भने वित्तीय खर्च ७.३९ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ५६ पैसा रहेको छ। १ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL