Logo

भारतीय सेयर बजार खुलेसँगै लगानीकर्ताको १ सय ६० खर्ब स्वाहा, सेन्सेक्स २४ सय अंकले घट्यो

भारतीय सेयर बजार खुलेसँगै लगानीकर्ताको १ सय ६० खर्ब स्वाहा, सेन्सेक्स २४ सय अंकले घट्यो



काठमाडौं । आज भारतीय शेयर बजारमा ठूलो गिरावट देखिएको छ । विदेशी बजारहरूबाट कमजोर संकेतहरूको बीचमा सेन्सेक्स २४ सय अंकको गिरावटसँगै खुल्यो भने निफ्टी पनि ५०० अंकभन्दा बढीले घटेको छ । एचसीएल टेक र टाइटन नौ प्रतिशतभन्दा बढी घटेका छन् । अमेरिकामा मन्दी आउने डर र मध्यपूर्वमा बढ्दो तनावका कारण लगानीकर्तामा त्रास छ ।

जसका कारण विश्वभरका शेयर बजारमा भारी गिरावट आएको छ । प्रारम्भिक कारोबारमा, सेन्सेक्स लगभग तीन प्रतिशतले घटेर ७८? ५८०।४६ अंकमा झर्यो भने निफ्टी ५० पनि लगभग दुई प्रतिशतले २४,२७७.६०अंकमा झर्यो । हेवीवेट स्टकमा अत्यधिक बिक्रीको कारण निफ्टी पनि २४,३०० अंकभन्दा तल झरेको छ । यस गिरावटको कारण बिएसइ सूचीबद्ध कम्पनीहरूको मार्केट क्याप १०.२४ लाख करोड भारतीय रुपैयाँ (१ सय ६० खर्ब नेपाली बढी) ले घट्यो । निफ्टी १० यसको २०–दिनको मुभिङ एभरेजभन्दा तल झरेको छ, जुन दुई महिनाभन्दा बढीमा सबैभन्दा ठूलो एकैदिनको गिरावट हो । निफ्टी बैंक ५० दिनको मुभिङ एभरेजभन्दा तल झरेको छ । सबै ठूला क्षेत्रीय परिसूचकहरु घटेर कारोबार गरिरहेका छन् । साना र मिडक्याप सेयरहरू थप घटेका छन् ।

फराकिलो बजारहरूमा, निफ्टी मिडक्याप १०० र स्मॉलक्याप १०० सूचकांकहरू क्रमशः २.३ प्रतिशत र २.५ प्रतिशतले घटेका छन् । अमेरिकी अर्थतन्त्रमा कर्जामा नरम नीतिको सम्भावना घटेको विज्ञहरू बताउँछन् । जुलाईमा रोजगारी सृजनामा कमी आएको छ भने बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ । मध्यपूर्वमा बढ्दो तनावले लगानीकर्तामा पनि त्रास फैलाएको छ । बिहानैदेखि जापानी बजारमा पनि भारी गिरावट आएको छ । पछिल्लो सत्रमा सेन्सेक्स ८८५.६ अंक वा १.०८ प्रतिशतको गिरावटका साथ ८०,९८२ अंकमा बन्द भयो भने निफ्टी ५० पनि २९३ अंक वा १.१७ अंकले घटेर २४,७१७ अंकमा पुग्यो ।

अमेरिकामा मन्दीको डर

अमेरिकामा शुक्रबार बजार बन्द भएपछि सार्वजनिक भएको तथ्यांकअनुसार मुलुकमा फेरि एकपटक मन्दीको डर पैदा भएको छ । यी तथ्याङ्कका अनुसार जुलाईमा रोजगारी वृद्धिमा कमी आएको छ । श्रम विभागका अनुसार गत महिना गैर–फार्म पेरोलहरूमा मात्र ११४००० जागिर बढेको छ । यो १७५००० ले वृद्धि हुने अपेक्षा गरिएको थियो । बढ्दो जनसंख्यासँग तालमेल राख्न हरेक महिना दुई लाख नयाँ रोजगारी आवश्यक छ । साथै, देशमा बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ, जुन झण्डै तीन वर्षयताकै उच्च हो ।

मध्यपूर्वमा तनाव

यसैबीच मध्यपूर्वमा फेरि तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इरानले हमास प्रमुख इस्माइल हानियाको मृत्युको बदला इजरायलसँग लिने वाचा गरेको छ । हानिया इरानका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहणमा सहभागी हुन आएका थिए । यसैक्रममा उनको हत्या भएको थियो । इरान र इजरायलबीच बढ्दो तनावका बीच अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । यसले विश्वभरका लगानीकर्तामा त्रास फैलाएको छ । त्यहाँ तनाव बढ्यो भने यसले लगानीकर्ताको मनोबलमा नराम्रो असर पार्न सक्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL