Logo

साढे २ अंकले बढ्यो नेप्से, ५३ करोड ८४ लाखको कारोवार

साढे २ अंकले बढ्यो नेप्से, ५३ करोड ८४ लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक २ दशमलव ४८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ६२ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ ।
सो दिन विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी २५ दशमलव ९३ अंकले बढेको छ । त्यस्तै बैंक समुह ३ दशमलव ४९ र फाइनान्स समुहको परिसुचक ० दशमलव ७३ अंकले बढेको छ ।

यता वीमा,अन्य,होटल र जलविद्युत समुहको परिसुचक भने क्रमशः ३१ दशमलव २१,९ दशमलव ८३, ७ दशमलव ९७ र ६ दशमलव १३ अंकले ओरालो लागेको छ । सिभिल बैंक लिमिटेडको सवैभन्दा बढी ११ करोड ४६ लाखको कारोवार भएको छ ।

विहीवार १ सय २१ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ८ लाख ७२ लाख कित्ता सेयरबाट ५३ करोड ८४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्