Logo

तपाईको सेयर त हराएको छैन ? यी खर्बपतिको हरायो उपहारमा दिन लागेको १७ खर्ब ४० अर्बको सेयर

तपाईको सेयर त हराएको छैन ? यी खर्बपतिको हरायो उपहारमा दिन लागेको १७ खर्ब ४० अर्बको सेयर



काठमाडौं । तपाईको सेयर कहिल्यै हराएको छ ? त्यो तपाईलाई नै जानकारी होला । तर, विश्वमा अहिले निकै ठूलो मूल्यको सेयर हराएको चर्चाले बजार तताएको छ ।

एक अर्बपतिले आफ्नो मालीलाई १३ अर्ब डलर (करीब १७ खर्ब ४० अर्ब) रुपैयाँको सेयर उपहार दिने वाचा गरेका थिए । तर, अहिले सेयर हराएको भन्दै विवाद सिर्जना भएको छ । यो विषय प्रसिद्ध फ्रान्सेली फेसन कम्पनी हर्मेसका उत्तराधिकारी निकोलस पुचसँग सम्बन्धित छ । उनी दिग्गज उद्योगीहरूमा गनिन्छन ।

गत वर्ष, उनले आफ्नो पूर्व मालीलाई आफ्नो सम्पत्ति दिने कुरा गरेपछि उनी हेडलाइन बनेका थिए । हर्मेसका संस्थापक थियरी हर्मेसका उत्तराधिकारी ८१ वर्षीय निकोलस पुचले आफ्नो मालीलाई दिन कम्पनीको ६० लाख सेयर राखेका थिए । यी सेयरको मूल्य करिब १३ अर्ब डलर थियो । अब निकोलसले अदालतमा यी सबै सेयर हराएको दाबी गरेका छन् ।

कहाँ गयो सेयर ?

निकोलसले आफ्ना पूर्व सम्पत्ति प्रबन्धकलाई यी सेयरहरू हराएको आरोप लगाएका छन् । सो व्यवस्थापक विगत २० वर्षदेखि उनको लागि काम गर्दै आएका थिए । तर, स्वीस अदालतले निकोलसको दाबीलाई अस्वीकार गरेको छ । अदालतले निकोलसले ठगीको कुनै प्रमाण पेश गर्न नसकेको बताएको छ । अदालतले भन्यो, ‘निकोलसले आफूलाई पीडित भएको दाबी गरेको ठूलो ठगी सामान्य मानिसको बुझाइभन्दा बाहिर छ । यी सेयरहरू २०१२ मा जेनेभाको एक बैंकमा राखिएको थियो । ती सेयर कहाँ गयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।’

निकोलसको कुनै सन्तान छैनन्

निकोलस पुचका कुनै सन्तान छैनन् । उनले आधा सम्पत्ति आफ्नो पूर्व मालीलाई दिने वाचा गरेका थिए । उनले आफ्नो मालीलाई सन्तानका रुपमा ग्रहण गर्ने योजना बनाएका थिए । रिपोर्टका अनुसार उनले सन् २०२३ मा आफ्नो पूर्व मालीलाई सम्पत्तिको ठूलो हिस्सा दिन चाहेको बताएका थिए ।

रिपोर्टहरूका अनुसार, निकोलससँग ५.७ % हर्मेसको सेयर छ, जसले उनलाई कम्पनीको सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी बनाउँछ । फोब्सका अनुसार निकोलसको कुल सम्पत्ति करिब १३.५ बिलियन डलर छ । उनी विश्वको १६१ औं धनी व्यक्ति हुन् । उनको मालीको बारेमा धेरै जानकारी उपलब्ध छैन । तर, उनी मोरक्कोमा जन्मेको र अहिले ५१ वर्षका भइसकेका छन् । उनले धेरै वर्षदेखि निकोलसको घरको प्रबन्धकको रूपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL