Logo

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ४६७२ जनाले पाए १० कित्ता सेयर

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ४६७२ जनाले पाए १० कित्ता सेयर



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको एफपीओ आज बिहान नागपोखरीस्थित आफ्नै कार्यालयमा बाँडफाँट गरेको हो ।

कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

कम्पनीको एफपीओमा परेका आवेदनमध्ये १५ लाख ६३ हजार ३२२ आवेदन सदर भएको र १ हजार १०१ आवेदन बदर भएको छ । आवेदन दिएका कुल आवेदकमध्ये ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२० कित्ता सेयर पाएका छन् ।

बाँकी रहेको ९.५४५ कित्ता सेयर ९.५४५ जनालाई थप १–१ कित्ताका दरले बाँडफाँट गरिएको छ । कम्पनीले गत साउन ४ गतेदेखि ८ गतेसम्म अंकितमूल्य १०० रुपैयाँमा ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL