Logo

६ दशमलव २५ अंकले उकालो लाग्यो सेयर बजार,१० करोड ३१ लाखको कारोवार

६ दशमलव २५ अंकले उकालो लाग्यो सेयर बजार,१० करोड ३१ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विहीवार नेप्से परिसुचक ६ दशमलव २५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ५९ दशमलव ७१ अंकमा पुगेर बन्द भएको हो ।

सो दिन विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी १८ दशमलव १७ अंकले बढेको छ । त्यस्तै जलविद्युत १५ दशमलव ७२ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ८ दशमलव ४२ अंकले उकालो लागेको छ ।

त्यसैगरी अन्य समुह १ दशमलव ७३ अंकले बढेको छ । यता वीमा,होटल र फाइनान्स समुहको परिसुचक भने क्रमशः ४१ दशमलव २३,१५ दशमलव ५६ र २ दशमलव ५७ अंकले ओरालो लागेको छ ।

विहीवार १ सय ३६ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ६९ करोड ६४ लाखको कारोवार भएको छ । सो दिन माछापुच्छ्रे बैंकको सवैभन्दा बढी १० करोड ३१ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्