Logo

साशा इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

साशा इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल



काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्ति गरेको छ। धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावरले दोलखा जिल्लामा ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको थियो ।

उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

उक्त कार्यक्रममा साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL